कर्मचारी संचय कोषको अफिस केवाईसी भरी अफिस लगइन लिने तरिका । How to Apply EPF Online Office KYC and get office username and password
आजयको यस श्रृंखलामा कर्मचारी संचय कोषको अफिस के वाई सी कसरी भर्ने बारेमा जानकारी लिएर आएको छु । केही महिनादेखी कर्मचारी संचयकोषले कर्मचारीहरुको संचयकोष कट्टीको फाँटवारी अफलाईन या हार्डकपि फाँटवारी बुझ्ने ब्यवस्थाको अन्त गरि अनलाईन फाँटवारी बुझाउने ब्यवस्था गरेको छ भने अब बैंकमा अनलाईन फाँटवारी तयार नगरी बुझाएको कोष कट्टीको फाँटवारी समेत अनलाईनबाटनै बुझाउनु पर्ने ब्यावस्थ गरेको छ । कोष कट्टीको फाँटवारी संचयकोष कार्यालयमा बुझउन जानुभयो भने लिन मान्दैन न अनलाईन बुझाउनु भन्नी फर्काईदिने गरेको छ ।
अब अनलाईन फाँटवारी बुझाउनको लागि आफ्नो कार्यालयले कर्मचारी संचयकोषका वेबसाईटमा इपिएफ.ओआरजी.एनपी मा गई अफिल लगइनमा युजरनेम र पासवर्ड राखी अनलाईन फाँटवारी तयार गरि बैकमा संचयकोष जम्मा गर्नुपर्ने हुन्छ । अनलाईन फाँटवारी तयार गरि उत्त फाँटवारी भौचर प्रिन्ट गरि सोही भौचरको कपि बैकमा लगी भुक्तानी गरिसकेपछी कर्मचारी संचयकोषको खातामा रकम जम्म हुन्छ र आफ्ना कर्मचारीहरुको खाता खातामा जम्मा गरिदिन्छ फाँटवारी संचयकोषको कार्यालयमा पनि बुझाउनुपर्दैन ।
यसरी अनलाईन अफिस लगइन लिनको लागि अफिस के वाई सी –न्वो योर कस्टोमर फम अनलाईन भर्नुपर्दछ । आज हामी त्यो फर्म कसरी भरिन्छ र कसरी युजर डिटेल्स लिन सकिन्छ त्यसको बारेमा जानकारी लिनेछाैं ।
के वाई सि को लागि आवस्यक कुराहरु ?
१. कार्यालयको नाम र ठेगाना
२. कार्यालयको इमेल आईडि, टेलिफोन नं.
३. कार्यालयलाई संचयकोषले प्रदान गरेको कार्यालय कोड
४. कार्यालयको नियामक निकाय
५. कार्यालय प्रमुखको नाम इमेल फोन नं.
५. सम्पर्क ब्यक्तिको नाम फोन इमेल
Watch the Tutorial on YouTube