भन्सार एजेन्ट परिक्षा तयारी सामग्री १


१. विश्व भन्सार संगठन (World Customs Organization -WCO) मा हाल जम्मा १८४ सदस्य राष्ट्रहरु रहेकाछन् । २२ डिसेम्बर २०२१ मा अन्तिम सदस्यको रुपमा १८४ नम्बरमा Equatorial Guinea  आवद्ध भएको थियो । 

२. भन्सार महसुल कस्तो प्रकारको कर हो ?
क. प्रत्याक्ष कर
ख. अप्रत्यक्ष कर
ग. ब्यावसायिक कर
घ. अन्तराष्ट्रिय ब्यापरमा लाग्ने कर 

३.विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगको अनुमति पत्रको अवधि बढीमा कति वर्षको हुने कानुन ब्यवस्था रहेको छ ?

क. २० वर्ष
ख. ३० वर्ष
ग. ४० वर्ष
घ. ५० वर्ष

४.निकासी पैठारी सम्वन्धी कामको लागि एक्जिम कोड भ्हष्m ऋयमभ  लिन कति रकम बैंक ग्यारेन्टी राख्नुपर्ने ब्यवस्था रहेको छ ?
क. १ लाख
ख. २ लाख
ग. ३ लाख
घ. ४ लाख

५. निकासीकर्ता र पैठारीकर्ताले आफ्नो कारोबारको कागजात कति वर्ष सम्म सुरक्षित राख्नुपर्छ ?
क. ३ वर्ष 
ख. ४ वर्ष 
ग. ५ वर्ष
घ. ७ वर्ष

६.आयकर ऐन २०५८ अनुसार गैर बासिन्दा प्राकृतिक ब्यक्तिलाई भुक्तानी गर्दा भुक्तानी रकमको कति प्रतिशतले करकट्टी गर्नुपर्ने व्यवस्था रहेको छ ?
क. १० प्रतिशत
ख. १५ प्रतिशत
ग. २० प्रतिशत
घ. २५ प्रतिशत 

७. नेपालको संविधान अनुसार नेपालमा कस्तो नागरिकताको ब्यवस्था गरिएको छ ?
क. प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकता
ख. संघीय पहिचानसहितको एकल नेपाली नागरिकता
ग. प्रादेशिक पहिचानसहितको एकल नेपाली नागरिकता
घ. संघीय पहिचानसहितको एकल प्रादेशिक नागरिकता

८. भन्सार महसुल लाग्ने मालबस्तुको स्पष्ट र किटानी घोषणा नगरी अष्पष्ट र अधुरो विवरण घोषणा गरेमा के कस्तो दण्ड सजाय हुने कानूनी व्यवस्था रहेको छ ?
क.भन्सारले निर्धारण गरेको मूल्यको २ प्रतिशत
ख.भन्सारले निर्धारण गरेको महसुलको २ प्रतिशत
ग.भन्सारले निर्धारण गरेको मूल्यको १ प्रतिशत

१०. आर्थिक वर्ष २०७८।०७९ श्रावण १, २०७८ देखि नेपाल सरकारले करदाताहरुको थ्रेसहोल्ड निर्धारण गरे अनुसार करदाताले कारोबार गरेको रकमको अनुसार एक आर्थिक वर्ष अवधिमा वार्षिक कति कारोवार गर्नेलाई  ठूला करदाता भनिनेछ ?
क. वार्षिक ५० करोड र त्यो भन्दा धेरै कारोबार गर्ने
ख. वार्षिक ८० करोड र त्यो भन्दा धेरै  कारोवार गर्ने
ग. वार्षिक १ अरब र त्यो भन्दा धेरै  कारोबार गर्ने
घ. वार्षिक १० अरब र त्यो भन्दा धेरै  कारोबार गर्ने
उत्तर – ग (यसअघि ८० करोड रुयौया माथि कारोबार गर्ने थियो)
नोट –
–५० करोड देखि ९९ करोड सम्म कारोबार गर्ने –मध्यस्तरिय करदाता (यसअघि ४० देखि ८० करोड थियो)
–५० करोड सम्म कारोबार गर्ने लाई साना करदाता (यसअघि ४० करोड सम्मको कारोबार गर्ने थियो)

११. नेपालको प्रथम भन्सार ऐन कुन हो ?
क. भन्सार महसुल ऐन २०१७
ख. भन्सार ऐन २०१९
ग. भन्सार ऐन २०६४
घ. सामयिक कर असुल ऐन २०१२

१२.भन्सार एजेन्ट सम्बन्धी व्यवस्था भन्सार ऐन, २०६४ को कुन परिच्छेदमा व्यवस्था
गरिएको छ ? 
क. परिच्छेद १०
ख. परिच्छेद ९ 
ग. परिच्छेद ११ 
घ. परिच्छेद ८

१३.संक्षिप्त प्रज्ञापनपत्र भरेर कति रकम सम्मको निजी प्रयोगका झिटी गुन्टा भारी लगायतका मालबस्तु पैठारी गर्न सकिने ब्यवस्था छ । 
क. ३ हजार
ख. ४ हजार 
ग. ५ हजार 
घ. ६ हजार 

१४.निकासी गर्दा निकासी बापत प्रति प्रज्ञापनपत्र कति भन्सार शेवा दस्तुर लाग्छ ?
क. रु. १०० भन्सार सेवा दस्तुर
ख. रु.३०० भन्सार सेवा दस्तुर 
ग. रु. ४०० भन्सार सेवा दस्तुर 
घ. रु. ५०० भन्सार सेवा दस्तुर 


१५.पैठारी हुने मालबस्तुको हकमा प्रति प्रज्ञापनपत्र कति भन्सार सेवा दस्तुर लाग्ने ब्यवस्था छ ?
क. रु. ४०० भन्सार सेवा दस्तुर 
ख. रु. ५०० भन्सार सेवा दस्तुर
ग. रु. ६०० भन्सार सेवा दस्तुर 
घ. रु. ७०० भन्सार सेवा दस्तुर 

१६. प्रज्ञापन पत्रको ढाँचा सरकारी लेखा प्रणालीमा महालेखा परिक्षक फारम नं. (मलेप फारम नं.) कतिमा ब्यवस्था गरिएको छ ?
क. मलेप फारम नं. ७९
ख. मलेप फारम नंं. ८९
ग. मलेप फारम नं. ९९
घ. मलेप फारम मा पज्ञापनपत्रको ढाँचा समाबेस गरिएको छैन 
नोट – आ.व. २०७५–२०७६ सम्म प्रज्ञापन पत्रको ढाँचा मलेप फारम नं. ८९ मा ब्यवस्था गरिएको थियो तर आ.ब. २०७६–०७७ देखि मलेप फरममा प्रज्ञापन पत्रको ढाँचा सम्वन्धीको ब्यवस्था गरिएको छैन । हाल कुल १४३ मलेप फारमका ढाँचा रहेका छन् ।

१७.कति रमक सम्मको निकासी गर्नको लागि इक्जिम कोडको आवस्यकता पर्दैन ?
क. २ लाख
ख. ३ लाख
ग. ४ लाख
घ. ५ लाख 

१८.कति रमक सम्मको पैठारी गर्नको लागि इक्जिम कोडको आवस्यकता पर्दैन ?
क. ४० हजार
ख. ५० हजार
ग. ८० हजार
घ. १ लाख

१९.जाँचपास पछिको परिक्षण अधिकार कुन अधिकारी समक्ष निहित हुन्छ ?
क. सचिव
ख. उपसचिव
ग.शाखा अधिकृत
घ. भन्सार अधिकृत वा महानिर्देशक 

२०. नेपालमा पहिलो पटक भन्सार एजेन्ट इजाजत कहिले प्रदान गरिएको थियो ?
क. वि.सं. २०२५ 
ख. वि.सं. २०२६
ग. वि.सं. २०२७
घ. वि.सं. २०२८





Previous Post Next Post