आय विवरण दाखिला गर्ने म्याद थप कसरी लिने How to Get Online Tax Return Filing Date Extension

 आय विवरण दाखिला गर्ने म्याद थप कसरी लिने

आज विवरण पेश गर्नुपर्ने नियमीत सयम – असोज मसान्त सम्म
म्याद थप लिन सकिने महिना –पौष मसान्त सम्म
म्याद थप लिन सकिने अन्तिम मिति - ३१ असोज

म्याद थप लिन नपाउनेहरु
१. पूर्वानुमानित आय विवरण (डे ०१) पेश गर्ने प्राकृतिक ब्यक्तिले असोज मसान्तभित्र आय विवरण र कर दाखिला गर्नुपर्छ ।
२. कारोबारमा आधारित आय विवरण (डे ०२) पेश गर्ने प्राकृतिक ब्यक्तिले असोज मसान्तभित्र आय विवरण र कर दाखिला गर्नुपर्छ ।
३. (डे ०३) भर्ने संस्थाहरु जस्ले कर छुट प्रमाणपत्र लिएका छन् उनिहरुले असोज मसान्तभित्रनै आव विवरण बुझाई कर चुक्ता प्रमाणपत्र लिएर कर छुट प्रमाणपत्र नवीकरको लागि निवेदन दिईसक्नुपर्ने ।

म्याद थप लिन पाउने
३. माथि भनिएका (डे ०१) र (डे ०२)  उल्लेखित करदाता बाहेकका (डे ०३) विवरण पेश गर्ने करदाताले असोज मसान्तभित्र विवरण बुझाउन नसकी म्याद थप लिएमा पौष मसान्तसम्म आय विवरण र कर दाखिला गर्नुपर्छ ।
म्याद थप लिने प्रकृया ?
१. म्याद थप लिनको लागि करदाता लगइन पासवर्ड अनिवार्य चाहिन्छ ।
२. करदाताको केवाईटि भेरिफाई भएको हुनुपर्छ ।

असोज भित्र आय विवरण बुझाएन र म्याद थप पनि नलिएको हकमा लग्ने जरिवाना ?
निर्धारण योग्य आयको ०.१ प्रतिशत बार्षिकको दरले हुने रकम र प्रति महिनामा रु. १०० दरले जुन बढी हुन्छ सो रकम जरिवाना स्वरुप लाग्नेछ ।

Tutorial Video



Previous Post Next Post