विदेशबाट फर्कदा नेपालीले, विदेशीले नेपाल ल्याउन पाउने सामानहरु -के के मा भन्सार लाग्छ र के के मा लाग्दैन ?

 भन्सार एजेन्ट तयारी गरिरहेका परिक्षर्थीलाई सम्भावित १० प्रश्नोत्तरहरु

१.अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने जाने विदेशी यात्रुले पछि फिर्ता ल्याउने वा लैजाने शर्तमा निजी प्रयोगका चलनचल्तीमा ल्याएका कुन कुन पुराना सामान ल्याउँदा वा लैजाँदा महसुल छुट हुन्छ ?
क) वाइनाकुलर, दुरविन गोटा १
ख) भिडियो क्यामेरा, स्टिल क्यामेरा, १/१ गोटा
ग) पोर्टेवल म्यूजिक सिष्टम १ सेट र सो मा प्रयोग हुने सि.डि., टेप जस्ता रेकर्डेड मिडिया हरु दश थान
घ) लुगाफाटा, वरविछ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
ङ) पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान,
च) साइकल १,
छ) घडी १
ज) सेलुलर मोवाइल फोन १
झ) निम्न बमोजिमका पेशाकर्मीले आफूले चलनचल्तीमा ल्याएका निम्न बमोजिमका उपकरण हरु
१) कर्मीले काम गर्न ल्याएको ज्यावल बढीमा १ सेत
२) डाक्टर वा बैद्यले काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजारहरु र औषधीहरु तथा सम्वन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय सामानहरु
३) गवैयाको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक सामान
४) खेलाडीको खेलकुद सामान
५) माछा मार्ने रड
६) पचास ग्राम सम्म सुनको गहना र सय ग्राम सम्म चाँदीको गहना


२. विदेशबाट फर्केका नेपाली यात्रुका सम्बन्धमा भन्सार महसुल छुट हुने सरसामान के के हुन् ?
>>>>
क) लुगाफाटा, वरविछ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
घ) सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्राम र एक लाख रुपैया सम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
ङ) घडि/स्टिल क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,
च) बच्चा राख्ने पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान,
छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक एक थान,
ज) सात किलोग्राम सम्म खाद्य परिकार,
झ) मदिरा १ लिटरसम्मको एक बोतल,
===========================
भन्सार महसुल छुट हुने भन्दा बढी परिमाणमा ल्याएमा के हुन्छ ?
> >>>>
मदिराको हकमा जफत हुन्छ भने अरु उल्लेख भएका सरसामानको हकमा औचित्य हेरी स्वीकृति दिन सक्ने व्यवस्था छ ।

३. पासपोर्ट लिइ आउने विदेशी यात्रुहरुले ल्याउने कुन कुन सामानमा भन्सार महसुल लाग्दैन ?
क) मदिरा १ लिटरसम्मको एक बोतल वा वियर १२ क्यान सम्म
ख) चुरोट २०० खिल्ली, सिगार ५० खिल्ली सम्म, टोवाको २५० ग्रामसम्म
ग)  स्टिल क्यामेराको फिल्म १५ गोटा र मुभी क्यामेराको १२ गोटासम्म
घ)  दश हजार रुपैया मूल्य सम्मका औषधी (नेपालमा पैठारी मनाहि भएका औषधीहरु वाहेक)
ङ) पाँच हजार रुपैया मूल्य सम्मका खानेकुराहरु (टिन प्याक समेत)
च) दुइ हजार रुपैया मूल्य सम्मका ताजा फलफूल

Previous Post Next Post