Bonded Warehouse वण्डेड वेयरहाउस सम्वन्धी जानकारी र महत्वपूर्ण प्रश्नोत्तर सहित - Bonded Warehouse Related Materials for Bhansar Agent Exam Preparation


 आजको यस श्रृंखलामा भन्सार एजेन्टको परिक्षाको लागि चाहिने सामग्री विशेष हुनेछ । भन्सार एजेन्ट परिक्षाको पाठ्याक्रम अन्तर्गत खण्ड क जसबाट ४० अंक भारको प्रश्न सोधिनेछन् त्यहि खण्ड क को १.७ को पाठ्याक्रममा आधारित रहि बण्डेड वेयरहाउस सम्वन्धी ब्यवस्था साथसाथै महत्वपूर्ण १५ प्रश्नोक्तरह?को संगालो सहित रहनेछ । हामीले भन्सार एजेन्टको परिक्षाको लागि चाहिने खण्ड ख का सबै नियम कानुन ह? एकै फोल्डरमा डाउनलोड गर्न मिल्ने गरेर गुगल ड्राइभमा राखेका छौं जसको डाउनलोड लिंक पनि सम्वन्धीत भिडियोको डेस्कृप्सन र कमेन्ट पिनमा रहेको छ साथै खण्ड क को पनि बिभिन्न श्रृंखलाह? आइसकेको र आईरहेका छन् । प्रश्नोत्तरमा कमि कमजोरी रहन सक्छन् बाचनमा अशुद्ध उच्चारह भएको हुन सक्छ त्यसको लागि माफि चाहान्छु र आगामी दिनह?मा सुधार सुधार गर्ने बाचा गर्दछु । यहाँह?को साथ सहयोग, भिडियोमा लाईक र कमेन्टले आगामी दिनमा भिडियो बनाउने हौसला मिल्नेछ ।
खण्ड क को सबै श्रृंखलाह?को पिडिएफमा डाउनलोड गर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला
https://bit.ly/3b56R6Q
खण्ड ख को सबै नियम कानुनह? पिडिएफमा डाउनलोड गर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला
https://bit.ly/3uAjJZO
भन्सार एजेन्ट सम्बन्धि सबै भिडियोको लिंक
Bhansar Agent Exam Preparation Class All Videos
https://bit.ly/3nYzRCf 

==============================

1. वण्डेड वेयर हाउस भनेको के हो ?
>विदेशमा निकासी गरिने वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा विक्री गरिने मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ वा करमुक्त पसलमा विक्री गरिने मालवस्तु बैंक जमानत सुविधामा पैठारी गरि राख्ने भन्सार विभागबाट इजाजत प्राप्त गोदाम हो
==========
2.वण्डेड वेयर हाउस सुविधा अन्तर्गत के के सामान पैठारी गर्न पाइन्छ ?
>विदेशमा सामान निकासी गर्ने उद्योगले निकासी गर्ने मालवस्तु तयार गर्न आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल तथा करमुक्त पसलमा विक्रीको लागि राखिने सामान वण्डेड वेयर हाउसको सुविधामा पैठारी गर्न पाइन्छ ।
=============
3.बैंक जमानत पत्र पेश गर्दा जुनसुकै बैंक तथा फाइनान्स कम्पनीको जमानत पत्र पेश गरे हुन्छ ?
>नेपाल राष्ट्र बैंकबाट जमानत जारी गर्न स्वीकृति पाएका वाणिज्य बैंकहरु वा वित्तीय कम्पनीको बैंक जमानत पत्र मात्र स्वीकार्य हुन्छ ।
============
4.उद्योगले बैंक जमानतमा आयात गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ बाट तयारी सामान बनाई कति दिन भित्र निकासी गर्नु पर्दछ ?
>पैठारी गरेको मितिले ११ महिना भित्रमा निकासी गरिसक्नु पर्दछ ।
============
5. ११ महिना भित्रमा निकासी गर्न नसकेमा निकासी गर्ने म्याद थप हुन सक्छ ?
>पैठारी गरेको मितिले ११ महिना भित्र निकासी गर्न नसकेको अवस्थामा भन्सार कार्यालयको प्रमुखले  बढीमा ६ महिना म्याद थप गर्न सक्छ ।
=======
6.बैंक जमानतमा पैठारी गरेका कच्चा पदार्थबाट तयारी वस्तु बनाई ऐनको म्याद भित्रै निकासी गरी आवश्यक सम्पूर्ण कागजात सहित फुकुवाको लागि निवेदन दिएको कति दिन भित्र बैंक जमानत फुकुवा हुन्छ ?
>फुकुवाको लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पेश भएमा निवेदन दिएको १ महिना भित्र बैंक जमानत फुकुवा हुन्छ । फुकुवा गर्न नसक्ने कुनै कारण भएमा सो को जानकारी भन्सार कार्यालयले लिखित रुपमा दिनु पर्छ ।
7.आंशिक रुपमा पनि बैंक जमानत फुकुवा हुन्छ ?
>पैठारी गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ पूर्ण रुपमा प्रयोग नभई आंशिक रुपमा प्रयोग भएकोमा जे जति प्रयोग भएको छ र समय भित्र शर्त बमोजिम निकासी भएको छ भने सोही अनुपातमा बैंक जमानत फुकुवा हुन्छ ।
=========
8.निकसी मुलक उद्योगहरुले बैंक जमानतमा पैठारी गरेको कच्चा पदार्थ, सहायक कच्चा पदार्थबाट तयारी वस्तु बनाई निकासी गरी वा नगरी बैंक जमानत फुकुवाको लागि निवेदन नदिएमा के कारवाही हुन्छ ?
>पैठारी भएको मालवस्तुमा पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा पन्ध्र प्रतिशत थप गरेर पैठारी कर्ताले राखेको बैंक जमानतबाट असुल गरिन्छ ।
========
9.वण्डेड वेयर हाउसको इजाजतपत्र कसलाई दिईन्छ ?
१)  विदेशमा तयारी पोशाक निकासी गर्ने उद्योग
२) आफ्नो उत्पादन तेश्रो मुलुकमा निकासी गर्ने उद्योग
३) आफ्नो उत्पादनको न्यूनतम पचास प्रतिशत भारतमा निकासी गर्ने उद्योग र
४) नेपाल सरकारबाट स्वीकृत पाएको करमुक्त पसलमा विक्री गर्नको लागि पैठारी गर्ने व्यक्ति ।
=============
10.करमुक्त पसल भनेको के हो ?
>बैंक जमानत सुविधामा पैठारी गरिएका मालवस्तु कुटनीतिक सुविधा वा महसुल सुविधा पाएको व्यक्तिलाई विक्री गर्न वा अन्तर्राष्ट्रिय उडानको क्याटरिङ्ग वा त्यस्तो उडानको करमुक्त पसलमा विक्रीको लागि सम्वन्धित हवाई कम्पनीलाई विक्री गर्न नेपाल सरकारले स्वीकृति दिएको पसल हो ।
=======
11.करमुक्त पसल संचालकले मालसामान पैठारी गर्ने प्रक्रिया के हो ?
>इजाजतपत्र प्राप्त करमुक्त पसल संचालकले त्यस्तो करमुक्त पसलबाट विक्री गर्नको लागि पैठारी गर्ने मालवस्तुमा लाग्ने महसुल वरावरको रकमको बैंक जमानत राखि पैठारी गर्न पाउँदछन् । मालवस्तु पैठारी गर्दा भन्सार विभागबाट त्यस्तो मालवस्तु र परिमाणको भने स्वीकृति लिनु पर्दछ ।
=======
12.वण्डेड वेयर हाउसको इजाजत पत्र कसले जारी गर्छ ?
>भन्सार विभागले  ।
=======
13.इजाजत पत्र लिनको लागि के कति राजस्व तिर्नु पर्छ ?
>इजाजत पत्र लिन  ६ हजार रुपैयाँ राजस्व बुझाउनु पर्छ र नवीकरण गर्दा रु. ३ हजार रुपैयाँ राजस्व बुझाउनु पर्छ ।
=====
14.वण्डेड वेयर हाउस इजाजत पत्रको नवीकरण कहिले गराउनु पर्छ ?
>प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष सुरु हुनु अगावै नवीकरण गराउनु पर्छ ।
======
15.समयमा नवीकरण गराउन नसक्ने उद्योग वा व्यक्तिले के गर्नु पर्छ ?
>इजाजतपत्र नवीकरण नगरेको अवधिमा वण्डेड वेयर हाउसको इजाजतपत्रवालाले वण्डेड वेयर हाउसको सुविधा उपभोग गर्न पाउँदैन ।
========
16.नवीकरणको म्याद समाप्त भई सकेको २/३ वर्ष पछि पनि नवीकरण गराउन चाहेमा नवीकरण हुन्छ ?
>प्रत्येक आर्थिक वर्षको लागि नियमानुसार लाग्ने शुल्कमा थप रु. ३ हजार दस्तुर तिरी इजाजत पत्र नवीकरण गराउन सकिन्छ ।
====
17.वण्डेड वेयर हाउसको इजाजत पत्र लिएका उद्योग वा व्यक्तिले बैंक जमानत पत्र दिंदा पैठारी गर्दा नियमानुसार लाग्ने कर महसुल हिसाव गरि हुन आउने रकमको मात्र बैंक जमानत पत्र बनाउँदा हुन्छ ?
>बैंक जमानत दिंदा पैठारी गरिने मालवस्तुमा लाग्ने कर महसुल र सो को १५ प्रतिशतले हुने थप रकम हिसाव गरि हुन आउने कुल रकम वरावरको बैंक जमानत पत्र दिनु पर्छ ।
=====
18. बैंक जमानतपत्रको अवधि कतिको हुनु पर्छ ?
> ६ महिना देखि १ वर्षसम्मको हुनु पर्छ । ६ महिनाको बैंक जमानत दिएकोमा पछि म्याद थप गर्नु परेमा बढीमा ६ महिनासम्म थप गर्न सकिन्छ ।
======
19.नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल बैंक जमानतमा पैठारी गर्दा सिफारिस चाहिन्छ ?
>नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियलको हकमा उद्योग विभागले नेपालमा उत्पादन नहुने भनी प्रमाणित गरी वण्डेड वेयर हाउसको सुविधा दिन सिफारिस गरेमा मात्र सुविधा पाइन्छ ।
=====
20.करमुक्त पसल संचालन गर्न स्वीकृति प्राप्त व्यक्तिले करमुक्त पसलमा राखी विक्री गर्न जतिसुकै परिमाण र मूल्यको मालवस्तु पैठारी गर्न पाइन्छ ?
>भन्सार विभागबाट स्वीकृति प्राप्त मालवस्तु र तोकिएको परिमाणसम्मको मालवस्तु मात्र पैठारी गर्न पाइन्छ ।
=========
21.करमुक्त पसलबाट विदेशी पर्यटक र विदेशी पाहुनाको लागि पनि मदिरा तथा चुरोट विक्री गर्न पाइन्छ ?
>करमुक्त पसलको लागि पैठारी गरेका सामान मध्ये मदिरा तथा चुरोट नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सिफारिसको आधारमा भन्सार विभागबाट कुटनीतिक तथा महसुल सुविधा दिन तोकिएको व्यक्ति वा निकायलाई मात्र विक्री गर्न पाइन्छ ।
===
23.पासवुक भनेको के हो ?
>आफ्नो उत्पादन निकासी गर्ने उद्योगले आफ्नो उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ पैठारी गर्दा वुझाउनु पर्ने महसुल भन्सारमा  नगद  धरौटी राखि पैठारी गर्न पाउछन् । यसरी पैठारी गर्दा धरौटीमा रहेको महसुललाई भन्सारमा रहने रजिष्टर तथा उद्योग संग रहने रजिष्टरमा चढाउने व्यवस्था छ ।यही रजिष्टरलाई पासबुक भनिन्छ । यसप्रकार पैठारी भएको कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थवाट तयारी वस्तु बनाई तोकिएको अवधिभित्र निकासी गरेपछि पासबुक धरौटीमा राखिएको महसुल सम्बन्धित उद्योगले पुन पैठारी गर्ने कच्चा पदार्थमा मिलान गरिदिने वा उद्योगलाई फिर्ता दिईन्छ । पासबुक सुविधामा कच्चापदार्थ पैठारी गर्दा मूल्य अभिवृद्धि कर भने भन्सार कार्यालयमा बुझाउनु पर्दछ ।
=======
24.पासवुक सुविधा भनेको के हो ?
>वण्डेड वेयर हाउसको इजाजत पत्र नलिएका उद्योगहरुले निकासी गर्ने वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा विक्री गर्ने प्रयोजनको लागि मालवस्तु तयार गर्न लाग्ने, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियलमा लाग्ने भन्सार महसुल नगद धरौटी राखी पासवुकमा जनाई पैठारी गर्न पाउने व्यवस्था लाई पासवुक सुविधा भनिन्छ ।
====
25. पासवुक सुविधा अन्तर्गत भन्सार कार्यालयबाट कच्चा पदार्थ छुटाउन के कस्तो प्रक्रिया पूरा गर्नु पर्दछ ?
>
१) तोकिएको भन्सार कार्यालयमा पासवुक सुविधाको लागि तोकिएको ढाँचामा निवेदन दिनु पर्दछ ।
२) भन्सार कार्यालयले पनि सम्वन्धित उद्योगको निवेदनका आधारमा नियमानुसार लाग्ने भन्सार महसुल लगायतको शुल्क समेत नगद धरौटी एकमुष्ट लिई निर्धारित ढाँचाको रजिष्टर मा चढाउँदछ ।
३) सोही ढाँचाको एक प्रति पासवुक भरी उद्योगलाई उपलब्ध गराइन्छ ।
४) मूल्य अभिवृद्धि कर भने तिर्नु पर्दछ ।
=========
26.पासवुक सुविधा अन्तर्गत निकासी पैठारीको कार्य जुनसुकै भन्सार कार्यालयबाट गर्न पाइन्छ ?
>पाइदैन । भन्सार विभागले तोकिदिएका भन्सार कार्यालयहरुबाट मात्र निकासी पैठारी गर्नुपर्दछ ।
======
27.पासवुक सुविधा अन्तर्गत निकासी पैठारीको कार्य गर्न पाउने गरी भन्सार विभागबाट तोकिएका भन्सार कार्यालयहरु कुन कुन हुन् ?
>
१. मेची भन्सार कार्यालय
२. विराटनगर भन्सार कार्यालय
३. विरगञ्ज भन्सार कार्यालय
४. भैरहवा भन्सार कार्यालय
५. नेपालगञ्ज भन्सार कार्यालय
६. तातोपानी भन्सार कार्यालय
७. त्रिभुवन विमानस्थल भन्सार कार्यालय
८ .कञ्चनपुर भन्सार कार्यालय (निकासीको लागि मात्र)
==========
28.पासवुक सुविधा अन्तर्गत निकासी पैठारीको कार्य गर्न पाउने गरी भन्सार विभागबाट तोकिएका भन्सार कार्यालयहरु सवैबाट उद्योगले कच्चा पदार्थ आयात गर्न पाउँछ वा पाउँदैन ?
>तोकिएको मध्ये कुनै एक भन्सार कार्यालयबाट मात्र पासवुक सुविधा अन्तर्गत उद्योगले कच्चा पदार्थ पैठारी गर्न पाउँदछ ।
=====
29.आफ्नो उत्पादनको न्यूनतम कति प्रतिशत भारत निकासी गर्र्ने उद्योगले वण्डेड वेयर हाउसको इजाजतपत्र पाउन सक्दछन् ?
>न्यूनतम ५० प्रतिशत निकासी गर्ने उद्योग हुनु पर्छ ।
=====
30.पासवुक सुविधामा नगद धरौटी अन्तर्गत पैठारी भएको उद्योगको कच्चा पदार्थ तयारी वस्तु बनाई कति दिन भित्र निकासी गरी सक्नु पर्छ ?
>निर्यात गर्ने प्रयोजनको लागि नगद धरौटीमा पासवुकको माध्यमबाट आयात गरेका कच्चा पदार्थबाट तयारी वस्तु बनाई १ वर्ष अवधिभित्र निकासी गरिसक्नु पर्छ ।
=========
31.नगद धरौटी अन्तर्गत पैठारी भएको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ बाट तयारी वस्तु वनाई १२ महिना भित्र निकासी गर्न नसकेमा म्याद थप हुन सक्छ ?
>उद्योगले दिएको निवेदन मनासिव देखिएमा ६ महिनासम्मको म्याद थप हुन सक्छ ?
===========
32.नगद धरौटी (पास वुक) अन्तर्गत पैठारी भएको कच्चा पदार्थबाट तयारी वस्तु बनाई निकासी गर्दा पैठारीको अवस्थाको मूल्यमा कति प्रतिशत मूल्य अभिवृद्धि हुनु पर्दछ ?
>पैठारीको अवस्थाको कारोवार मूल्यमा कम्तिमा दश प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्छ ।
======
33. बैंक जमानत र धरौटी फुकुवाको प्रक्रिया कस्तो छ ?
>सम्वन्धित भन्सार कार्यालयमा फुकुवाको लागि देहायको कागजात संलग्न गरी निवेदन दिनु पर्छ
१) मालवस्तु पैठारीका प्रमाण
२) तयारी मालवस्तु निकासी गरेको प्रमाण
३) कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थ (प्याकिङ्ग मेटेरियल्स समेत) को खपत अनुपातको सम्वन्धित निकायको प्रमाणित कागजात
४) करमुक्त पसलको हकमा विक्री गरेको प्रमाण
५) हवाई कम्पनीको हकमा अन्तर्राष्ट्रिय उडानमा खर्च भएको प्रमाण
६)धागो उद्योगको हकमा न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी विक्री गरेको प्रमाण
७) खरिद विक्री संझौता
८) विदेशी मुद्रा आर्जन गरेको प्रमाण
==========
34.वैंक जमानत वा पासबुक फुकुवा नगरे के हुन्छ ?
>निर्धारित समयमा बैंक जमानत वा पासबुक फुकुवा नगराएमा बैंक जमानतबाट वा धरौटी रहेको रकमबाट लाग्ने महसुल असुल गरिन्छ । यसरी महसुल असुल गर्दा बैंक जमानतमा पैठारी भएकोमा पन्ध्र प्रतिशत थप गरेर र पासबुक सुविधामा पैठारी भएकोमा दश प्रतिशत थप गरेर असुल गरिन्छ ।
===========
35.बैंक जमानतबाट महसुल असुल गर्ने प्रक्रिया के हो ?
>
१.भन्सार कार्यालयले बैंक जमानत जारी गर्ने बैंकबाट जमानतमा उल्लिखित रकम  माग गर्दछ ।
२.त्यस्तो बैंक जमानत जारी गर्ने बैंक वा वित्तीय संस्थाले पन्ध्र दिन भित्र सम्वन्धित भन्सार कार्यालयको नाममा भुक्तानी  पठाउँदछ ।
=========
36. बैंक जमानत दिने बैंक वा वित्तीय संस्थाले रकम भुक्तानी नदिए के हुन्छ ?
>वैंक जमानत सम्बन्धित भन्सार कार्यालयले फुकुवा नगरेसम्म वैंकको दायित्व रहिरहने भएकोले वैंक जमानत सम्बन्धित भन्सार कार्यालयबाट फुकुवा गराउनु पर्दछ । आफ्नो दायित्व पूरा नगर्ने  त्यस्ता बैंक वा वित्तीय संस्थाले जारी गरेको कुनै पनि वैंक जमानत भन्सार कार्यालयले स्वीकार नगर्ने र सरकारलाई तिर्नु बुझाउनु पर्ने दायित्व बाट कहिल्यै उन्मुक्ति नपाउने भएकोले भन्सार कार्यालयले मागेका बखत तुरुन्त भुक्तानी दिनु पर्दछ ।
======
37.बैंकले आफूले जारी गरेको जमानत कहिले फुकुवा गर्दछ ?
>सम्वन्धित भन्सार कार्यालयबाट फुकुवा भएको लिखित जानकारी प्राप्त भएपछि मात्र बैंकले फुकुवा गर्नु पर्दछ ।
=========
38.लिखित जानकारी अगावै बैंकले फुकुवा गरिदिए के हुन्छ ?
>बैंक जमानत बमोजिमको रकम सम्वन्धित भन्सार कार्यालयलाई बुझाउने दायित्वबाट उन्मुक्ती भने पाउँदैन ।
======
39.विशेष आर्थिक क्षेत्र भनेको के हो ?
>नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विशेष आर्थिक क्षेत्र भनी तोकिएको क्षेत्र हो । यस्तो क्षेत्रमा विशेष गरी निकासी मूलक उद्योगहरु स्थापना गरिएको हुन्छ । यो एक प्रकारको महसुल, कर, शुल्क मुक्त क्षेत्र पनि हो ।
====
40. विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगलाई मालवस्तु विक्री गर्ने र भन्सार महसुल फिर्ता गर्न के व्यवस्था छ ?
>
१) भन्सार विभागको पूर्व स्वीकृति लिई विक्री गर्नु पर्दछ ।
२) त्यस्तो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिरेको रहेछ भने फिर्ता पाउँदछ ।
३) भन्सार महसुल फिर्ता पाउन मालसामान विक्री गरेको ६० दिन भित्र निवेदन दिई सक्नु पर्दछ ।
४) पैठारी मूल्यमा भन्सार महसुल समावेश गरी मालसामान विक्री गरेको अवस्थामा भने भन्सार महसुल फिर्ता दिइँदैन ।
==========
41.भन्सार महसुल फिर्ता लिने क्रममा के के कागजात आवश्यक पर्दछन् ?
>
१)  मालवस्तु पैठारी गर्दाको विजक, प्रज्ञापनपत्र र नगदी रसिद
२) खरिदकर्ता उद्योग  र विक्रेता पैठारीकर्ता वीच भएको खरिद विक्री सम्बन्धी संझौता पत्र
३)  मालसामान विक्री गरेको विजक
४) खरिदकर्ताले त्यस्तो मालसामान खरिद गरेको प्रमाणित कागजात
५)  खरिदकर्ताबाट भुक्तानी प्राप्त गरेको प्रमाण
६) बैंक जमानत
७)  उद्योगले निकासी गरेको प्रमाण
८)  विदेशी मुद्रा प्राप्त गरेको प्रमाण
==========
42.भन्सार महसुल फिर्ताको प्रक्रिया कति दिनमा सम्पन्न हुन्छ ?
>आंशिक वा पूर्ण भन्सार महसुल फिर्ता गर्ने निवेदन दिएको ३० दिन भित्र सम्पन्न हुन्छ ।

==================================================

विभिन्न पुष्तकहरुबाट महत्वपूर्ण प्रश्नोत्तरहरुको कलेक्शन

===========
१. कस्ता कस्ता व्यक्तिले बण्डेड वेयरहाउस सुविधा लिन सक्नेछन्?
उत्तर :
a.विदेशी तयारी पोशाक निकासी गर्ने उद्योग
b.उत्पादनलाई तेस्रो मुलुकमा निकासी गर्ने उद्योग
b.न्यूनतम १ करोड रुपैयाँ भन्दा बढी मालवस्तु भारतमा निकासी गर्ने उद्योग नेपाल सरकारबाट करमुक्त पसलबाट विक्री गर्नका लागि मालवस्तु पैठारी गर्ने व्यक्ति,

२. बण्डेड वेयरहाउसको इजाजत वापत कति शुल्क लाग्नेछ ?
उत्तर : ६ हजार रुपैयाँ

३. बण्डेड वेयरहाउसको इजाजत पत्र कति समयको लागि हुनेछ ?
उत्तर : एक आर्थिक वर्ष

४. वेयरहाउसको इजाजत पत्रको नवीकरण दस्तुर कति लाग्नेछ ?
उत्तर :  तिन हजार रुपैयाँ (३ हजार तिरेर आर्थिक वर्ष सूरु हुनु अगाबै नवीकरण गराउनुपर्छ)

५. बण्डेड वेयरहाउसको इजाजत पत्रवालाले प्राप्त गर्ने सुविधाहरू के के हुन् ?
उत्तर : निकासी गरिने वा स्वदेशमा नै परिवत्र्य विदेशी मुद्रामा विक्री गरिने मालवस्तु उत्पादन गर्न आवश्यक सहायक कच्चा पदार्थ नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेतमा लाग्ने महसुल बैंक जमानत दिई पैठारी गर्न सक्नेछ।

६.नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियलको हकमा कसको सिफारिसमा माग वेयरहाउस सुविधा लिन सकिन्छ ?
उत्तर : उद्योग विभाग

७. वण्डेड वेयरहाउसको इजाजत प्राप्त गरी करमुक्त पसल सञ्चालन गर्ने व्यक्तिले पैठारी गर्दा कस्तो स्वीकृति लिनु पर्दछ ?
उत्तर : भन्सार विभाग

८. वण्डेड वेयरहाउस इजाजत प्राप्त उद्योगले विदेशीलाई कच्चा पदार्थ पैठारी गर्दा कस्तो अनुमति लिनु पर्दछ ?
उत्तर :  वाणिज्य विभाग

९.वण्डेड वेयरहाउसको सुविधा प्राप्त उद्योगले आफ्नो उत्पादन निकासी गर्दा कस्तो माध्यम प्रयोग गर्नु पर्दछ ?
उत्तर :प्रतीतपत्र वा प्रचलित बैंकिङ कागजातको माध्यमबाट गर्नुपर्ने हुन्छ।

१०.बण्डेड वेयरहाउस सुविधा लिई नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत बाट तयारी मालवस्तु बनाई निकासी गर्दा भन्सार कार्यालयले कायम गरेको मूल्यमा कति प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्नेछ ?
उत्तर : न्यूनतम १० प्रतिशत

११.वण्डेड वेयरहाउस सुविधा प्राप्त व्यक्तिले करमुक्त पसलबाट विक्री गर्नका लागि पैठारी गरेको मितिले कति समय सिमा भित्र विक्री गरिसक्नु पर्नेछ ?
उत्तर : पैठारी मितिले १ वर्ष भित्रमा

१२. भन्सार गोदाममा रहेका मालवस्तु त्यस्तो गोदाममा दाखिला भएको मितिले कति दिनभित्र सम्बन्धित मालबस्तु धनीले जाँचपास गराउनुपर्छ ?
उत्तर : ६० दिन भित्र

१३. भन्सार कार्यालयले सञ्चालन गरेको भन्सार गोदाममा मालवस्तु दाखिला भएको मितिले कति दिनसम्म विलम्ब शुल्क डेमेजर लाग्दैन?
उत्तर : ७ दिन भित्र

१४. आफ्नो उत्पादनको कति मूल्य भन्दा बढी भारत निकासी गर्ने उद्योगले बण्डेड वेयर हाउसको सुविधा लिन इजाजतपत्रको लागि विभाग समक्ष निवेदन दिन सक्छ ?
उत्तर : १ करोड

१५. आर्थिक ऐन २०७७ मा गरिएको ब्यवस्था अनुसर बण्डेड वेयरहाउस सुविधा उपभोग गरेका उद्योगहरुले मालबस्तु निकासी कुरियरबाट गर्न पाउँछ कि पाउँदैन ?
उत्तर :पाउँदैन

सन्दर्भ सूची
१. भन्सार ऐन २०६४
२. भन्सार नियमावली २०६४
३. भन्सार विभागको वेबसाईट –बारम्वार सोधिने प्रश्नहरु

Watch Video on YouTube 




Previous Post Next Post