Brave Browser बाट कसरी पैसा कमाउने ।। Earn Money from Brave Browser with Payment Proof in Nepali -Full Tutorial

ब्रेभ ब्राउजर के हो र यसबाट कसरी विना लगानि पैसा कमाउन सकिन्छ पुरा प्रकृया यस्तो हुन्छ । 

Click Here to Signup Brave Browser 


नमस्कार साथीहरु, 
नेपाली तालिमको यो अनलाईनबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने भिडियो सहितको सानो लेखमा सबैलाई स्वागत छ । 

अनलाईनमा धेरै ठाउँमा रातारात यति पैसा यसरी कमाउनुस विना लागनि भनेर तपाईहरुले धेरै विज्ञापनहरु सर्वत्र देख्नुहुन्छ तर यि मध्ये धेरै साईटहरुको वास्तविकता फरह हुन्छ किनकी जब हामी काम गर्दै जान्छौ र अन्तत हामीले पेमेन्ट लिने बेलामा त्यस्ता साईटहरु भागिसकेका हुन्छन् या केहि यस्ता साईटहर जुन पेमेन्ट लिनु भन्दा पहिला केहि पैसा लगानि गर्नुस भन्छ र तपाईले आफ्नो पैसा लगानि गरिसकेपछी त्यस्ता साईटहरुनै गायब भै दिन्छन् । 

के अनलाईन बाट साँच्चिकै पैसा कमाई हुन्छ त ? अवस्य पनि हुन्छ तर सहि तरिका र सहि समयमा काम गर्न सक्यो भने हुन्छ अवस्य हुन्छ । सहि तरिका भनेको के हो त । त्यसको लागि तपाई आफै पनि काम सुरु गर्नुभन्दा पहिला केहि रिसर्च खोज गर्न जरुरी छ यानकी तपाईले हल्लाको पछि लागेर काम गर्दा भोलि पछुटाउनु नपरोस । 

तपाईले पछिनै सक्नुभयो यो आर्टिकलको हेडिङ्ग, ब्रेभ ब्राउजर प्रयोग गरेर पैसा कसरी कमाउन सकिन्छ भनेर । 

हो ब्रेभ ब्राउजर पनि गुगल क्रोम, मोडजिला फायरफक्स, म्याक्थन, इन्टरनेट इक्स्प्रोरर जस्तौ पछिल्लो पटक आक्रामक रुपमा आएको एक अत्यन्त राम्रो फिचर भएको ब्राउजर हो जसमा गुगल क्रोममा भएका सबै इक्स्टेन्सनहरु सपोर्ट गर्छन् । हामीले इन्टरनेटमा चाहिने सामाग्रीहरु सर्च गर्दा विज्ञापन आएर हैरान गर्छ त्यस्तो मा ब्रोभ ब्राउजरले यस्ता विज्ञापनहरुलाई ब्लक या भनौ बन्दा गर्नको लागि विशेष शिल्ड उपलब्ध गराउँछ जसले गर्दा इन्टरनेट सर्फ गर्दाको बखत आउने अनावस्यक ब्यानर र पपअप विज्ञापनहरुलाई रोकिदिन्छ जसको कारणले तपाई लाई अनावस्यक झन्झट पनि कम हुन्छ र इन्टरनेट सर्फिङ्गका गति पनि तिब्र हुन्छ । यो ब्राउजरको राईट साइडको टपमा देखिएको तिन लाईनमा क्लिग गरेर हेर्नुभयो भने टोर ब्राउजर पनि यसैमा उपलब्ध छ जुन प्राईभेट सर्फिङ्गको लागि हाल सम्मकै सबैभन्दा सुरक्षित मानिएको छ जसमा सबै काम इन्क्रिप्टेड फर्ममा हुने हुनाले टोर लाई सबैभन्दा सुरक्षित मानिएको हो । प्रयोग गरेर हेर्नुभयो भने आफै अनुभब गर्नुहुनेछ कि अरु ब्राउजर भन्दा ब्रेभ अझ छिटो चल्छ भन्ने तपाईले अनुभव गर्नुहुनेछ । 

अब यसबाट कसरी कमाई हुन्छ त ?
हो ब्रेभ ब्राउजर बाट हामीले दैनिक आफुलाई चाहिने सर्च गरेता पनि त्यहाँ विज्ञापन ब्लग नगरि यदि कसैले इन्टरनेट सर्फ गर्दछ भने हामीले धेर थोर कमाउन सक्दछौ । ब्रेभ ब्राउजरमा हामीले सर्फ गरेबापत र त्यहाँ देखाईएका विज्ञापनको आधारमा ब्रेभले डिजिटल टोकन आफ्ना प्रायेगकर्ताहरुलाई प्रदान गर्दछ जसलाई ब्याट अथवा बेसिक अटेन्सन टोकन भनिन्छ । ब्याट एक डिलिटल करेन्सि जस्तै हो जसको यो आर्टिकल तयार पर्दा मिति २०२० मे १० मा एक ब्याटको मुल्य अमेरिकि डलरमा करिब २० सेन्ट जति हुन आउँछ । यसको बजारी मुल्य हरेक समय थप घट भईरहन्छ र यसको मुल्य बढ्ने क्रममै छ साथै यसको बजारि मुल्य सन २०२० को अन्तसम्म अमेरिकि डलरमा करिब ४० सेन्ट र सन २०२७ सम्म एक ब्याटको मुल्य १ अमेरिकी डलर पुग्ने प्राक्षेपनका मुल्य अपेक्षाका अनुसन्धानका आर्टिकल हरु गुगल सर्चमा देख्न सकिन्छ । 


अब ब्याट कसरी कमाउने त्यसको लागि के के सेटिङ्गहरु गर्नुपर्छ जानौं । 
१. सुरुमा तल दिएको लिंक प्रायोग गरि ब्रेभ ब्राउजर डाउनलोड गर्नुहोला यो एक्ड्रोइड र एपल दुबै मोबाईलमा पनि उपलब्ध छ ।
२. आफ्नो कम्प्युटरमा या मोबाईलमा ब्रेभ ब्राउजर इन्टल भईसबेपछी यसको ब्रेभ रिवार्ड पब्लिसर जानुहोस र ब्रेभ ब्राउजरको लागि खाता साईनअप गर्नुहोस । 


Download Link :

Click Here to Signup Brave Browser 


३. अब इमेलमा भेरिफिकेसन लिंक जानेछ र त्यासलाई एक्सेप्ट गर्नुहोला र तपाई ब्रेभ ब्राउजरको रिवार्ड पब्लिसर लगइन गर्ने ठाउँमा पुग्नुहुनेछ र साइनअप गर्न प्रायेग गरेको इमेल प्रयोग गरि लगइन गर्नुहोला र पुन इमेलमा भेरिफिकेशन लिंक जानेछ र त्यो इमेलको लिंक क्लिक गरेपछी ब्रेभ लगइन गर्ने ठाउँमा पुग्नुहुनेछ । 
४.ब्रेभ रिवार्ड पब्लिसर ड्यासबोर्डमा साइन इन भई सबेपछी राईट साईडको टपमा एड च्यानल भन्ने अप्सन पाउनुहुनेछ त्यहाँ क्लिग करेर आफ्नो ट्विटर या युट्युब च्यानल भए त्यो लिंक गर्नुहोस यति भएपछि तपाई ब्याट टोक प्राप्ट गर्न योग्य हुनुहुनेछ। आफ्नो च्यानल लिंक गर्नासाथ इमेल अप्रुभलको इमेल पनि जानेछ । 

५. ब्रेभ ब्राउजरमा च्यानल लिंक गर्नासाथ तल बटम पट्टि तपाईले लिंक भएको च्यान सँगै आफ्नो रिफरल लिंक पनि पाउनुहुनेछ त्यसैबाट यदि रिफरल बनाएर रिफरलले आफ्नो खाता खोलि सबै प्रकृया पुरा गर्यो भने दुबैलाई ५ ब्याट प्राप्त गर्न सकिनेछ । 
६. अव महिनाभरिको रिवार्ड अर्को महिनाको ९ तारिखमा टोकन वालेटमा यदि तपाईको खातामा ५ भन्दा बढी टोकन भए त्यस टोकन अटोमेटिक डिजिटल बालेटमा ट्रान्सफर हुन्छ त्यसको लागि अपहोल्ड भन्ने साईट जुन यसको एक मात्र अथोराईज साईटहो यसको आम्दानि प्राप्त गर्ने त्यहाँ आफ्नो खाता खोल्नु पर्नेहुन्छ । 
७. तपाईले ब्रेभको ड्यासबोडको विचको लेफ्ट साईडमा कनेक्ट वालेट भन्ने अप्सन देख्नसक्नुहुन्छ त्यहाँ क्लिग गनुएभयो भने सिधै अपहोल्ड वालेटको साईटमा पुग्नुहुनेछ । 

८. अपहोलड बालेटमा आफ्नो इमेल र अन्य आवस्यक सहि जानकारी राखेर खाता खोल्नुहोस र खाता खोलिसकेपछी आईडि फेरिफिकेसन गर्नुपर्ने हुन्छ जसको लागि भेरिफिकेसनमा क्लिक गर्नुभएपछी त्यहाँ भनिएअनुसार सुरुमा आफ्नो फोटो खिच्ने अनि आफ्नो आईडी जस्तै नागरिकता जुन नेपाली अंग्रेजी दुबै भाषमा भएको हुनुपर्छ या पासपोर्ट या सवाची चालक लाईसेन्सको कपि प्रयोग गरेर आफ्नो खाताको आइडेन्टीटी भेरिफाई गर्नुहोला र ब्रेभको ड्यासबोर्डमा गएर लिंक वालेटको अप्सनमा क्लिक गरेर अपहोल्ड बालेट लाई लिंक गर्नुहोस । 
९. यति भएपछि तपाईको बालेटमा यदि ५ ब्याट भन्दा बढी रिवार्ड जम्म भएको भए हरेक महिनाको ९ तारिखमा गत महिनाको ब्याट टोक स्वचालित ट्रान्फर हुनेछ । 
Payment Proof of Brave Rewards BAT Tokens 

१०. अव त्यहाँ जम्मा भएको ब्याट टोकम इक्स्चेञ्ज गरि अमेरिकि डलर या बैक लिंक गरेर सिधै आफ्नो बैंक खातामा ल्याउने ब्यसस्था अपहोल्ड खातामा उपलब्ध छ । 

आफुले पाएको रिवार्ड नेट सर्फिक गर्दा अरुलाइृ नजाओस भन्नको लागि अटो सर्फिङ्ग अफ गरेर राख्नुहोला । जे जति प्रकृया छ सबै भिडियोमा बृस्तृत जानकारी दिएको छु ।

विस्तृत जानकारी पाउनको लागि तलको भिडियो पुरा हेर्नुहोला र केहि कुरा बुझिएन भने सोहि भिडियो या यसै आर्टिकलको तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला । 


ब्रेभ ब्राउजर यहाँ बाट इन्टल गर्नुहोला
https://bit.ly/3ce9Vfj


Part3- How to View Ads and Claim Brave Rewards BAT Tokens from Brave Browser in Nepali -Make Money Online




Tutorial Part 2 : Brave Browser प्रयोग गरी मोबाइल फोनबाट कसरी पैसा कमाउने Brave Rewards Setting- Make Money from BAT




Part 1 : Brave Browser बाट कसरी पैसा कमाउने ।। Earn Money from Brave Browser with Payment Proof in Nepali

Previous Post Next Post