अनलाईनबाट कसरी विथहोल्डी लगइन लिने र कसरी तिरेकाे कर विवरण आफैं हेर्ने ? How to Get Online Withholdee Login Details to Check Your Personal Tax Statement (TDS) in Nepal

नमस्कार,  
आजको यस श्रृंखलामा अनलाई कसरी विथहोल्डी लगइन आन्तरिक राजश्व कार्यालयको वेबसाईट बाट ब्यक्तिगत पान लिएकाहरुले लिन सक्छौ र आफुले तिरेको कर राजश्व कार्यालयमा आफ्नो पान अन्तगर्नत जम्मा भयो या भनेर कसरी हेर्न सक्छौं त्यसको बारेमा सम्पूर्ण जानकारी लिएर आएका छौं ।

स्रोतमा कर कट्टी गरेर भुक्तानी गर्नेलाई विथहोल्डर र कर काटीए पछि भुक्तानी प्राप्त गर्ने लाई विथहोल्डी भनिन्छ । मानौ तपाई कुनै कम्पनीमा काम गर्नुहन्छ भने कम्पनीले तलब दिँदा कम्पनी विथहोल्डर र तपाई तलब लिने ब्यक्ति विथहोल्डी हुन्छ । तपाईलाई तलब दिँदा कर काटेर भुक्तानी भएको हुन्छ उक्त कर राजश्वमा बुझाईयो या बुझाईएन स्वयं तपाई आफैंले हेर्न सक्नुहुन्छ त्यसको लागि तपाईले विथहोल्डी लगइन (युजरनेम र पासवर्ड) आन्तरिक राजश्व कार्यालयबाट लिनुपर्ने हुन्छ । आजकल यो प्रकृया अनलाईनबाटै लिन सकिन्छ । आज हामी अनलाईनबाट कसरी विथहोल्डी लगइनजानकारी लिने र कसरी स्रोतमा कट्टी भएको कर विवरण हेर्ने यो भिडियोमा पूरा जानकारी दिनेछौं । भिडियो राम्रो लाग्यो भने च्यानल लाई सब्सक्राईब गर्न नभुल्नुहोला र सल्लाह सुझाबको लागि कमेन्ट गरिदिनुहोला र भिडियोलाई सेसल मेडियामा सेयर गरिदिनुहोला । 

Tutorial of How to Get Online Withholdee Login In Nepal
Previous Post Next Post