कोरोना बिशेष -२०७६ चैत्र १६ गतेको मन्त्री परिषद को निर्णय अनुसार सरकार ले दिएको छुट- कर र तिर्नुपर्ने म्याद थप्

२०७६ चैत्र १६ गतेको मन्त्री परिषद को निर्णय अनुसार सरकार ले दिएको छुट- कर र तिर्नुपर्ने म्याद थप्
——
१. मूल्य अभिवृद्धि कर अन्तर्गत् गत २०७६ फागुन महिनाको मासिक, २०७६ माघ र २०७६ फागुन महिनाको द्वेमासिक तथा दोस्रो चौमासिक विवरण र त्यस बमोजिमको कर दाखिला गर्नुपर्ने कर आगामी साल २०७७ बैशाख २५ गतेसम्मको लागि थप
.....
२. आय कर अन्तर्गत् २०७६ फागुनको मासिक तथा २०७६ माघ र २०७६ फागुनको द्वेमासिक विवरण अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण एवं विवरण बमोजिम कर बुझाउने म्याद २०७७ बैशाख २५ सम्म थप
...
३. २०७६ चैत मसान्तसम्म बुझाउनुपर्ने दोस्रो चौमासिक आय करको विवरण तथा त्यस बमोजिम गर्नुपर्ने कर दाखिलाको म्याद पनि २०७७ बैशाख २५ सम्म थप
...
४. केन्द्र सरकार तथा प्रदेश सरकारले बनाएको
कोरोनाविरुद्धको रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमलाई खर्चमा गणना गर्न मिल्नेगरी त्यसमा कर नलाग्ने व्यवस्था
...
५. स्वास्थ्यसम्बन्धी उपकरण आयात गर्दा लाग्ने सबै भन्सार महसुलमा छुट दिने निर्णय
Full Video of Cabinet Decision of Nepal regarding relief during Covid-19 Corona virus Crisis
Previous Post Next Post