बिदेशबाट फर्केका नेपाली यात्रुका लागि भन्सार महसुल छूट हुने सामानहरु के कस्ता छन् ?

 नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी सम्वत् २०७६ साल जेष्ठ १५ गतेदेखि लागू हने गरी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धमा नेपाल सरकार अर्थ मंत्रालयको सूचनाको आधारमा यो लेख तयार गरिएको हो ।  

देहायको ब्यवस्था गरिएको छ । 

परिच्छेद १
१.बिदेशबाट फर्केका नेपाली यात्रुका लागि भन्सार महसुल छूट हुने 
१. नेपालमा स्थायी बसोबास गर्ने नेपाली नेपाल फर्कँदा ब्यक्तिगत प्रयोजनका लागि आफ्नो साथमा ल्याएको (एकम्पनिड) वा आफू आउनु अघि वा पछि पठाएको (अनएकम्पनिड) देहायमा उल्लिखित सबै वा कुनै मालबस्तुमा भन्सार छूट हुनेछ । 
क) लुगाफाटा, बरविछ्यौना, घर गृहस्थीका पुराना सामान
ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधी 
ग) सारिरिक रुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेको सामान
घ) सुनको गहना पचास ग्राम सम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदिका साथमा ल्याएको गहना गुरिया
ङ) ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामेरा, सेलुलर मोवाईलफोन र पेनड्राईभ एक एक थान
च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राईसाईकल एक एक थान
छ) पेशागत यात्रुले प्रयोग गरि ल्याएको सामान्य प्रकारका सामानहरु एक एक  थान जस्तै डाक्टरका लागि ब्लगड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडिको खेलकुद सम्वन्धी सामान जस्तै फुटबल, भलिबल, ब्यडमिन्टन सेट, गायक तथा संगीतकारको सामान जस्तै गीतार, हार्मोनियम, तबला जस्ता सामानहरु
ज) सात किलोग्रामसम्मका खाद्य परकार 
झ) मदिरा एक लिटरको बोतलसम्मको बोतल एक 

२. यात्रुले उपदफा (१) को खण्ड (घ) र (झ) मा उल्लिखित सामान बाहेक उपदफामा उल्लिखित अन्य सामान वढी संख्या वा परिणममा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधिक समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्विकृति दिन सक्नेछ ।

३. नेपालमा स्थायी वसोवास गर्ने नेपाली नागरिक विदेशमा गई नेपालम फर्कंदा ब्यक्तिगत प्रयोजनका देहाय बमोजिमका सबै वा कुनै मालसामान प्रलचित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन् ।
क) टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वारिङ्ग मेसिन, पंखा, रेडियो, एक एक सेट । 
ख) शरिरमा लगाउने लुगाफाटा, जुक्ता, कस्मेटिक्स आदि वढिमा १५ थान । 
ग) घरयासी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाई मेशिन, ग्याँसटेवुल, इस्त्री, राईस कुकर जस्ता) दुई दुई थान । 
घ) दश किलोग्रामसम्म खाद्य परिकार । 
ङ) ब्यावसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता बृद्धिको लागि आवश्यक पर्ने सामान दुई दुई थान । 
च) खण्ड (क) देखि (ङ) सम्मका सामान बाहेक नितान्त घर ब्यावहारमा आवश्यपर्ने सामान बढीमा दुई दुई थान । 

४) उपदफा (३) मा जनसुकै कुुरा लेखिएको भएता पनि कुनै यात्रुले सो उपदफामा लेखिएभन्दा बढी संख्या वा पररमाणमा सामान ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मलुकु र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कायालयको प्रमिखले औचित्य हेरी लाग्ने समदरको महसलु लिई जााँचपास गने स्वीकुती दिन सक्नेछ । 

५) उपदफा (३) बमाजिमका मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवश गरेको मितिले तीन महिना भित्र भन्सार गोदाममा दाखिला भइसकेको हुनु पर्नेछ ।

६) उपदफा (३) मा जनसुकैु कुरा लेखिएको भएता पनि विदेशमा छ महिनाभन्दा बढी अवधि विताइ फर्केका यात्रुले आफू पगेकोे ठाउँबाट उपदफा (३) बमोजिमका सामान आफू संग ल्याएमा वा आफू आउन् भन्दा अघि वा पछि पठाएमा देहाय बमोजिमको मूल््यसम्ममा लाग्ने भन्सार महसुल पूर्न रुपमा छूट दिई त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जााँचपास गर्न सक्नेछ र छूट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसलु लाग्नेछ ।
क) छ महिना भन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पन्त्र हजार रुपैयााँसम्म,
ख) एक वर्षभन्दा बढी जतिसकै अवधि विदेशमा बसी फर्केमा पच्चीस हजार रुपैयााँसम्म,

७) सोह्र वर्ष भन्दा कम उमेरका यात्रुले उपदफा (६) बमोजिमको छूट सीमाको पचास प्रतिशत मात्र सविधा पाउनेछ ।

Previous Post Next Post