Gharbatai Loksewa Tayari 16- नेपालमा कसले के चलन चलाए ? History of The Trends Established in Nepal

LIKE | COMMENT | SHARE | SUBSCRIBE
Gharbatai Loksewa Tayari 16-History of The Trends Established in Nepal
घरबाटै लोकसेवा तयारी श्रृंखला १६ मा आज हामी नेपालमा क कस्ले के कस्ता चलनहरु सुरु गरै त्यसको बारेमा जानकारी दिनेछौं । यो श्रृंखला लोकसेवा आयोगको परिक्षा जस्तै खरिदार, नायव सुब्बा, अधिकृत लगायतका परिक्षाका लागि सहयोगी हुनेछन् ।

नेपालमा कसले के चलन चलाए ?
इन्द्रजात्रा – गुणकामदेब
बालकको सालनाल काट्ने चलन –अंशुवर्मा
तामाको पैसा –रत्न मल्ला
गौसुकी –शिवदेव तृतिय
गाईजात्रा –जयप्रकाश मल्ल कतै कतै प्रताप मल्ल पनि उल्लेख र्भको पाइन्छ ।
इन्द्रजात्राको दिन कुमारिको रथ घुमाउने –जयप्रकाश मल्ल
इन्द्रजात्रामा लिंगो गाड्ने –प्रतापसिंह शाह
सुनको असर्फी –रणबहादुर शाह
सेतो मच्छिन्द्रनाथको रथयात्रा –प्रताप मल्ल
विर्ता बाँड्ने चलन–प्रधानमन्त्री वीर शमशेर जवरा
मध्यान्ह बाह्रबजे तोप पड्काउने –प्रधानमन्त्री देव शमशेर जबरा
कार्यालय समय १० देखि ५ बजे सम्म गर्ने –प्रधानमन्त्री देव शमशेर जवरा
टोपीमा व्याच लगाउने –प्रधानमन्त्री चन्द्र शमशेर जबरा
शनिबारका दिन सार्वजनिक विदा दिने–प्रधानमन्त्री भीम शमशेर जबरा
नवदुर्गा नाच र महालक्ष्मीको नाच –सुर्वण मल्ल
लुमडी, भद्रकाली नाचको प्रचलन –राजा रत्न मल्ल
झ्यालमा रङ्गिन ऐना राख्ने–राजा रणजीत मल्ल
कृष्ण जात्रा, लाखे जात्रा, कुमारीको पुजा –राजा गुणकाम देब
नाग र बासुकिको पुजा –राजा मानदेव
रातो मच्छिन्द्रनाथको रथयात्रा –राजा नरेन्द्रदेव
नरसिंह अवतार नृत्य–सिद्धिनरसिह मल्ल
बिस्केट जात्रा – राजा जगज्योति मल्ल
मोहर (महेन्द्र मल्ली) –महेन्द्र मल्ल
कागजी मुद्रा – श्री ५ त्रिभुवनको पालामा प्रधानमन्त्री जुद्ध शमशेरले
पशुपतिमा महास्नान गराउने–राजा अभय मल्ल
झ्यालमा अनेक किसिमका बुट्टा हाल्ने– राजा नरेन्द्रदेव
पशुपतिको पुजारीमा भट्ट ब्राम्हण राख्ने –राजा यक्ष मल्ल
अपराधीलाई कसुरको मात्राअनुसारको आर्थिक दण्ड– जयस्थिति मल्ल
चाँदतोडाको प्रचलन, बग्घी चढ्ने– जनरल भीमसेन थापा
अड्डा अदालतमा कोर्ट फी र लिफाफाको चलन–प्रधानमन्त्री जुद्ध शमशेर

Previous Post Next Post